काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० को विन्दुमा झरेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२९ प्रतिशतले घटेर ३८२.९४ को विन्दुमा ओर्लेको छ । कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ७० लाख ६१ हजार ४०४ कित्ता सेयर एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँमा किनबेच भएका छन् ।
प्रतिक्रिया