Logo

खेलकुद

क्रिकेट खेलले नेपालीको शिर उच्च बनाएको छ : विद्वान गुरुङ



काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध ऐतिहासिक जित हात पारेको  अवसरमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाइ एवं शुभकामना दिएका छन् ।

उनले सामाजिक सन्जालमार्फत शुभकामना दिदै क्रिकेट खेलले राष्ट्रलाई गौरवान्वित बनाउँदै आज नेपाली दाजुभाइ दिदीबहिनिको शिर उच्च बनाएको बताए ।

गुरुङ्ले खेलाडी, व्यवस्थापक, कोच लगायत प्राविधिक टोलिलाई आगामी खेलको लागि पनि शुभकामना व्यक्त गरेका छन् । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको थियाे ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १६:५२   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।