काठमाडौं । नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद
पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गरेका छन् ।
०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया