काठमाडौं । गरिमा विकास बैंकले विदेशबाटै बैंकको मोबाइल बैंकिङ सुचारु गर्न सक्ने व्यवस्था गरेको छ ।
रोजगारी, अध्ययन एवं विभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीहरुको अब गरिमा बैंकको मोबाइल बैकिङ सुचारु गर्न सक्ने व्यवस्था बैंकले गरेको हो । त्यसका लागि बैंकले तोके बमोजिमका कागजातहरु भरेर मोबाइल बैंकिङ सुचारु गर्न सक्ने व्यवस्था रहेको छ । साथै मोबाइल बैंकिङकै पासवर्ड र युजरनेम प्रयोग गरेर वेब बैकिङ पनि सजिलै चलाउन सक्ने व्यवस्था बैंकले गरेको छ ।
बैंकले फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटीपी आदी) नमाग्ने भएकाले फोन कल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई उपलब्ध नगराउन बैंकले अनुरोध पनि गरेको छ ।
















प्रतिक्रिया