Logo

अर्थ

सुन आयात तथा बिक्रीसम्बन्धी कार्यविधि संशाेधन, अब दैनिक २० केजीसम्म ल्याउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल दैनिक १० किलोग्रामसम्म सुन आयात हुँदै आएको अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाइने गरी काेटा बढाइएकाे हाे ।

बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।

हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरूले मात्र सुन आयात गरिरहेका छन् । यद्यपि यसअघि नै दैनिक सुन आयातको कोटा दैनिक २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार २०:०५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।