Logo

खेलकुद

यू–१९ साफ च्याम्पियनसिप : पेनाल्टी सुटआउटमा भारतसँग हार्‍याे नेपाल



काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल  भारतसँग हारेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाली युवा टिम पेनाल्टी सुटआउटमा भारतसँग हारेको हो ।

नेपाललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा नेपाली टिम पराजित हुन पुग्यो । खेलमा अग्रता भारतले २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलबाट लिएको थियो । पहिलो हाफमा भारत १–० ले अघि बढेको थियो । दोस्रो हाफमा नेपाल समिर तामाङको गोलबाट खेलमा फर्किएको थियो ।

खेलको ७४ औं मिनेटमा समिरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा नेपालका तीन खेलाडी चुक्दा कप्तान जियारत शेखको मेहनत खेर गएको थियो । पहिलो सेमिफाइनलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार २०:०८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।