Logo

दक्षिण अफ्रिकाको अर्थतन्त्रमा ५० प्रतिशतको संकुचन



दक्षिण अफ्रिकाको कूल गार्हस्थ उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले संकुचित भएको छ । “दक्षिण अफ्रिकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले संकुचित भएको छ,” दक्षिण अफ्रिकाको तथ्यांक मामिला अध्ययन गर्ने सरकारी निकायले मंगलबार सार्वजनिक तथ्यांकमा  रहेको कुरालाई उद्रति गर्दै त्यहाँको तथ्यांक विभागले भनेको छ ।

यसरी अर्थतन्त्रमा व्यापक गिरावट आउनुमा कोरोना महामारीका कारण जारी बन्दाबन्दी प्रमुख जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् । दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभर प्रायः आर्थिक गतिविधि ठप्प भएको छ ।  
 

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  १ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।