Logo

प्रमुख समाचार

प्रधानमन्त्री दाहाल मानसरोवरकाे यात्रामा



ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कैलाश पर्वत र मानसरोवर भ्रमण गर्ने कार्यक्रम रहेकाे छ । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुगेका थिए र तिब्बत एयरलाइन्सबाट कैलाश पर्वत र मानसरोवरतर्फ प्रस्थान गरेका छन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि सहभागी छन् ।

बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ११:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।