काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएको छ । रास्वपा साभापति रवि लामिछानेले राष्ट्रपति पौडेलको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए ।
‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर । मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ’, उनले भने, ‘पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर भनिन्छ । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस् ।’
सभापति लामिछानेले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए । उनले भने, ‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’
प्रतिक्रिया