काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । सुर्खेतको सिटी हलमा बन्दसत्र चलिरहेको हो । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र आन्तरिक तयारीका कारण ढिलो सुरु भएको छ । बन्दसत्रअघि सुर्खेतमा रहेका एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किसकेका छन् ।
तर महासचिव पोखरेलको निर्देशनअनुसार नयाँ नेतृत्व सर्वसम्मत चयन हुन निक्कै सक देखिन्छ । कर्णालीमा पाँच जना आकांक्षी छन् । सबै आफ्नो दाबीमा टसमस नहुँदा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ ।
कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् । उनीहरूबीच सहमति नजुटेको अवस्थामा निर्वाचनमार्फत नै नेतृत्व चयन हुने छ ।
कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।




















प्रतिक्रिया