Logo

प्रमुख समाचार

सरकारसँग माधव नेपालको असन्तुष्टि : ‘अन्धाधुन्ध भएको मूल्यवृद्धि नियन्त्रण गर्न सकेन’



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यस विषयमा आफूहरुले संसदबाट पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।

पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यक्ष नेपालले भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’

नेपालले आफूहरु अहिले सत्ता गठबन्धन र समाजवादी मोर्चामा भएपनि आफ्नो हिसाबले चलिरहेको बताए । ‘हामी गठबन्धन र समाजवादी मोर्चामा पनि छौं । सरकारको काम आफ्नो हिसाबले चलिरहेको छ । मोर्चा पनि आफ्नो ढंगबाट अगाडि बढाइरहेका छौं’, उनले भने ।

माजवादी मोर्चाको सचिवालय बैठक भोलि बस्दैछ । उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सन्देश सभाको विषयमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । ‘समाजवादी मोर्चाको भोलि बस्ने सचिवालय बैठकमा सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सन्देश सभाको विषयमा पनि छलफल हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री आइसकेपछि त्यहाँ हामीले कार्यक्रम राख्छौं ।’

प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार  ६ : ०३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।