काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व छान्ने प्रयास जारी छ । नेताहरूका अनुसार सर्वसहमतिकाे प्रयास जारी छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
यसैगरी बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । यसअघि पटक–पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैशाल ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशवबहादुर बुढाथोकी रहेका छन् ।
अन्तिम समयमा वर्तमान अध्यक्ष केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले कैलाश ढुंगेललाई समर्थन गर्ने भएका छन् ।





















प्रतिक्रिया