Logo

खेलकुद

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया



काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् ।  १० वर्षभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका फरवार्डको भूमिकामा रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलबाट विमलले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । पछिल्लो समय राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएकासहित ५० भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पलायन भएका छन् ।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ ।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १०:३२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।