Logo

अर्थ

आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना(एसपीआई) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

एसपीआई भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो योजनाको एसपीआई इन्स्टलमेन्ट तथा यूनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन्  ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।