काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित गरेको छ ।
बिहीबारको मितिमा शुक्रबार बिहान प्रकाशित अन्तिम नामावली भनिए पनि मतदान सुरु हुनुभन्दा केही समय अघि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली बुधबारकै मितिमा प्रकाशित गरिएको हो ।
उम्मेदवारहरुको शंशोधित अन्तिम नामावलीमा पदाधिकारीमा कुनै परिवर्तन नभएपनि सदस्यहरुमा दोहोरिएका नाम हटाएर पुनः प्रकाशन गरिएको निर्वाचन मण्डलले जनाएको छ । ‘केही उम्मेदवारको नाम दोहोरिएकोमा त्यो सच्चाइएको मात्र हो’, निर्वाचन कमिटीका एक सदस्यले बताए ।
एमाले बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।
















प्रतिक्रिया