Logo

अर्थ

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को लाभांश घोषणा

इकाइधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने



काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा भएको छ । फण्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को नाफाबाट करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार इकाइधनीहरुलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १३:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।