Logo

अर्थ

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा विस्तार



काठमाडौं । विगत १६ वर्षदेखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ ।

आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले ऐतिहासिक धरोहर बोकेको काठमाण्डौको कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औँ शाखा कार्यालय सञ्चालन गरेको छ । काठमाण्डौ उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १४:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।