Logo

प्रमुख समाचार

राहत शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता



काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच  पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।

आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री, सचिव सहभागी थिए ।

संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।

शुक्रबार भएको सहमति शिक्षक महासंघसँग गरेको सहमतिको पूरक भएको शिक्षामन्त्री राईले बताए । प्रस्तावित विधेयकमा छुटफुट भएका विषयलाई संसदीय प्रक्रियामार्फत समावेश गरियोस् भनेर सरकारले सहमति गरेको भन्दै उनले भने, ‘सबै शिक्षक साथीहरु सहमतिमा आउनु भएको छ । सम्झौताहरुलाई संसदमा प्रस्तुत गरेर संसदयि प्रक्रियामार्फत विधेयक पारित गर्दा सामेल गर्ने शिक्षा मन्त्रालयको जिम्मेवारीमा आएको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १६:०८   :  बजे

774
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।