काठमाडौं । आधुनिक जीवनका लागि आजको डिजिटल युगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दसैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ ।
नजिकिँदो महान चाड दसैँ र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।
सीजी डिजिटल र सीजीनेटबीचको सहकार्यमार्फत यस योजनाअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै योजनाअन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२ हजार ८५९ पर्ने ४३ इन्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ इन्चको सीजी स्मार्ट टीभी, रु. २२ हजार ६४४ मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन् ।
सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।
साथै, उपभोक्ताले इसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सीजीनेटले भर्खरै आफ्ना सेवाहरु पोखरा, विराटनगर, इटहरी, धरान र वीरगन्जलगायत प्रमुख सहरमा विस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दिघाट, काठमाण्डौ, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ ।
उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभी पनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेसनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।
प्रतिक्रिया