Logo

प्रमुख समाचार

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । यही असोज ६ गते चीन पुगेका उनी आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ११:३९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।