सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी नेतृत्वप्रति रुष्ट हुँदै उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा उनीहरूआफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको शाहीको भनाइ छ । केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने लगायतका कुरालाई ध्यान दिँदै आफूले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दिएका थिए । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया