Logo

मनोरञ्जन

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा’ सार्वजनिक (भिडियोसहित)



काठमाडाैं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाद्वारा प्रस्तुत ‘सुगा नाच्छे पिँजडामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवाकाेटीकाे रचना तथा प्रताप दास र एलिना चौहानको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज रहेको छ ।

नगरकोटका सुन्दर दृश्यहरू समेटिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्मा जोडीलाई देख्न सकिन्छ । कृष्णदेव रुपाखेतीले निर्देशन गरेको म्युजिक भिडियो छायाँकार मुकेश हुमागाईं हुन् भने राहुल बराइलीले कोरियोग्राफी गरेका छन् । भिडियो सम्पादनको काम भने विनोद बामले गरेका छन् ।

भिडियाे हेर्नुहाेस्:–

प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार  २ : २४ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।