काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता हुँदैछ । गृह मन्त्रालयमा शनिबार अपरान्हदेखि सरकार र आन्दाेलनरत डाक्टरहरूबीच वार्ता सुरु भएकाे हाे ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न र कार्यस्थलमा सुरक्षाकाे प्रत्याभूति माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरूले मंगलबारदेखि माइतीघरदेखि बानेश्वरसम्म दैनिक र्यालीसहित विरोध प्रदर्शन गर्दै आएका छन् ।
पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाइ छ ।





















प्रतिक्रिया