Logo

राजनीति

एमाले कोशी अधिवेशन : समय थपेर निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिकामा शनिबार बेलुका ७ः १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।

नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।

निर्वाचन कार्यतालिका:–

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १७:०२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।