Logo

राजनीति

एकीकृत समाजवादी नवलपुरको सिंगो कमिटीद्वारा पार्टी परित्याग



काठमाडौं । नेकपा एकीकृत समाजवादी नवलपुर जिल्ला कमिटीका अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्यागको घोषणा गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष रानासहितका ३१ जना जिल्ला नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुलीसहित जिल्ला सदस्यहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

विभिन्न कमिटी र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले असोज ५ गतेका दिन पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीमा गराइएको ध्यानाकर्षणका सम्बन्धमा कुनै सुनुवाइ, छलफल, निणर्य समेत नभएको हुँदा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको भन्दै उनीहरु पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

विज्ञप्ति हेर्नुहोस्ः–

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १७:५२   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।