Logo

प्रमुख समाचार

एमालेको कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाबीच भिडन्त पक्का



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालबीच भिडन्त पक्का भएको छ । उनीहरूले आज (शनिबार) उम्मेदवारी दर्ता गरिसकेका छन् ।

सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।

खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।

अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार आइतबार बिहान ७ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १८:१४   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।