काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले उपाधि उचालेको हो । दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल ब्यहोर्न पुग्यो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो ।
खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई जितको नजिक पुर्याएका थिए । इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
सेमिफाइनलमा सडनडेथमा जित निकाल्दै दुवै टिम फाइनल पुगेका थिए । तर फाइनलमा पाकिस्तानले भारतलाई कुनै चुनौती पेश गर्न भने सकेन । खेल अवधिभर हाबी देखिएको भारतले फाइनल खेलमा सहजै पाकिस्तानलाई पराजित गरेको हो ।















प्रतिक्रिया