काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साढे १२ बजे बस्ने प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
बैठकमा सुन प्रकरणमा उच्च स्तरिय छानबिन आयोगबारे पनि बैठकबाट आवश्यक निर्णय लिने जनाइएको छ ।
मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।





















प्रतिक्रिया