Logo

राजनीति

सुन तस्करी छानबिन गर्न डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन



काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा किशोरजंग कार्की र प्रेमराज कार्की सदस्य रहेका छन् । आयोगले सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन दिनेछ ।

२ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको सुन सिनामंगलबाट बरामद गरिएको थियो । ब्रेक सुबाट निकालेर गाल्दा उक्त सुनको तौल करिब ६२ किलो पाइएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १३:५१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।