Logo

मनोरञ्जन

मिसेस नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक



काठमाडौं । विवाहित महिलाहरूबिचको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटेलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वर्ल्ड–२०२३ टप २३ सार्वजनिक गरेको हो। समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ।

प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा सहभागी छन् ।

प्रतिष्पर्धीहरुले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेको कार्यक्रममा पत्रकार अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित विष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायत सहभागी थिए।

प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरू पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट २३ प्रतिस्पर्धी अब व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षणमा व्यस्त रहने छन्। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वर्ल्ड–२०२३ का अन्य सवटाइटल बिजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। मिसेस नेपाल वर्ल्ड–२०२३ का विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वर्ल्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वर्ल्ड–२०२३ को विजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वर्ल्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  २ : ३० बजे

663
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।