Logo

राजनीति

संसद्‍मा प्रधानमन्त्री प्रचण्डको दाबी : ‘अमेरिका र चीन भ्रमण सफल भयो’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण समग्रमा सफल भएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण विषयमा समझदारी, छलफल तथा प्रतिवद्धता व्यक्त भएकोले आफ्नो भ्रमण सफल भएको जिकिर गरे ।

भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको पनि प्रधानमन्त्री प्रचण्डले जनाएका हुन् ।

‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ’, उनले भनेका छन्, ‘र, अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको छ ।’

साथै प्रधामन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सहयोग पुग्ने भन्दै अति कम विकसित मुलुकहरुका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठः–

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १४:५९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।