काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । गत कारोबार दिन १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ पुगेको छ ।
यस दिन २८४ वटा धितोपत्रको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच भएको हो । आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२९ रुपैयाँ पुगेको छ ।
यस्तै, पिपल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९७ रुपैयाँ पुगेको छ । सेयर मूल्य सर्वाधिक घट्नेमा सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ ।
यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेका हुन् । सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ४५७ रुपैयाँ २० पैसामा १४ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ७६५ रुपैयाँमा ९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया