Logo

अर्थ

दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक र बम्पर उपहार



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउँदै गरेको  दसैँ , तिहार तथा  छठलाई{ लक्षित गर्दै ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको  छ ।

असोज १४ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले  बिभिन्न कारोबारका लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन्  ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् ।

योसँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका  सीइओ प्रविन रेग्मीले बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १७:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।