Logo

खेलकुद

कबड्डीमा नेपाल पदक नजिक



काठमाडौं । एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली पदकको नजिक पुगेको छ ।

चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको समूह चरणको खेलमा आज बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक पुगेको हो ।

नेपालले आज बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै पदकको सम्भावना बढेको हो ।

बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । इरानले बंगलादेशलाई हराएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । साथै पदकको पक्का हुनेछ । समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग हारेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ११:०१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।