Logo

प्रमुख समाचार

आममाफीप्रति आपत्ति जनाउँदै रास्वपाद्वारा राष्ट्रपति पौडेललको ध्यानाकर्षण



काठमाडौं । संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको आममाफीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाललाई आममाफी दिएको भन्दै आज बिहान राष्ट्रपति पौडेललाई भेटेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले तीन बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

यो विषयलाई लिएर रास्वपाले संसदमा समेत विरोध जनाएको थियो । संविधान दिवसको अवसर पारेर व्यक्ति हत्या जस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्य गर्न रास्वपाले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाईलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।

जवाफमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  १ : ३२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।