काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरू सहकर्मी कुटिएपछि आन्दाेलित भएका छन् । उपचारका क्रममा बिरामीका आफन्तले सहकर्मीमाथि कुटेको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।
आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका थिए । आन्दाेलनका क्रममा उनीहरू साेमबार काठमाडौं गौशालास्थित चौकी घेर्न पुगे ।
डाक्टरहरूले कार्यस्थल सुरक्षाको माग गरिरहेका छन् । प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिइसकेको छ ।
तस्बिरहरू:–

















प्रतिक्रिया