Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ ।

यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच भएको हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँकाे कारोबार भएको छ ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९२ र ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको हो।

सोमबार सिवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेका छन् ।

सेयर मूल्य सर्वाधिक घट्नेमा पिपल्स हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८१ रुपैयाँ ३० पैसामा झरेको छ ।

यसदिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १५:४७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।