Logo

खेलकुद

एसियाली खेलकुद : भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य



काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय रन बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए। उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले भारतका कप्तान रितुराज गायकवाडको समेत विकेट लिएका थिए । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

भारतका लागि रिंकु सिंहले ३७ रन बनाए। यस्तै शिवम दुवे र रुतुराज गायकवाडले २५ रन बनाए । सन्दीप लामिछानेले एक विकेट लिए। उनले भारतका जितेश शर्मालाई आउट गरे। चार बल खेलेका शर्मा ५ रन बनाएर आउट भए ।

सोमपाल कामीले भारतका तीलक वर्मालाई आउट गरे। १० बल खेलेका वर्मा २ रनमै आउट भए । नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ। भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।
नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ८ : ४४ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।