काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ६२ रन जोड्दा दुबै ओपनर गुमाएको छ ।
नेपालका आसिफ शेख १० रन बनाएर आउट भए भने कुशल भुर्तेल ३० रन बनाएर आउट भए । आसिफ शेखलाई आभेश खानले आउट गरे । नेपालले १० ओभरमा दुई विकेट गुमाएर ७३ रन जोडेको छ ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो ।
प्रतिक्रिया