Logo

राजनीति

एमाले अध्यक्ष ओली संसदमा बोल्ने



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरे । उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १२:४५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।