Logo

अर्थ

महँगी नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारलाई सांसद केसीको आग्रह



काठमाडौं । कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारलाई महँगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

उनले भने, ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगीक क्षेत्र हतोत्साहि छ । आर्थिक मन्दी र बेरोजगारीबाट नेपाली जनता निरास भएको बेला कालोबजारीको जगजगी छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ ।महंगि आकासिएको छ ।चाडपर्वको अवस्थामा यो किसिमको स्थिति जुन छ त्यतातिर सरकार के हेरेर बसेको छ ? गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १४:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।