Logo

अर्थ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ को विन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले घटेर ३७४.३९ को विन्दुमा झरेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमै रातो पोतिएको छ । आज नेप्से सूचीकृतमध्ये २८१ कम्पनीका ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी,ट्रेडिंग समूह सर्वाधिक १.४७ प्रतिशतले ओरालो लागेको छ । वित्त समूह १.२७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२३ प्रतिशत, लगानी समूहमा ०.९३ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.०५ प्रतिशत गिरावट आएको छ ।

आज सिटिजन नेपाल लाइफको सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । एनआईसी एसिया बैंकको ५ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १७ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १६:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।