Logo

प्रमुख समाचार

स्ववियुलाई जिम्मेवारी सुम्पिएकाे पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखकाे उद्घाेष



काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् ।

यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेकोभन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए ।

त्यसको जवाफमा विभागीय प्रमुखहरुले आफूहरुले सम्हालेको विभाग स्ववियु सभापतिलाई चलाउन दिने सल्लाह भएको बताएका छन् ।

‘… यस कुराको गाम्भीर्यतालाई महसुस गरी छलफल हुँदा यस्तो उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराउदछौं’, विभागीय प्रमुखहरुले क्याम्पस प्रमुखलाई लेखेको पत्रमा भनेका छन् ।

६ वटा विभागका प्रमुखकाे हस्ताक्षर रहेकाे पत्र

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १८:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।