Logo

प्रमुख समाचार

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्रेर अनाहकमा दुःख दिए : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्छु भनेर ‘ब्लाकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्लाकमेलिङमा लागेको उनको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्लाकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  १० : ०० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।