काठमाडाैं । सुनको मूल्य लगातार एक साता घटेपछि आज बुधबार बढेको छ ।
आज तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया