Logo

खेलकुद

एसियन गेम्स : श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्यो अफगानिस्तान



काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान श्रीलंकालाई ८ रनले पराजित गरेकाे हाे ।

अफनागिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे । उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो ।

जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीनरतीन विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १४:३३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।