काठमाडौं । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले उक्त योजनाको लाभ भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताकहाँ गइ उठाउन सक्नेछन् ।
यस योजनाको अवधिभरि हरेक साता एक ग्राहकलाई मिक्सर ग्राइन्डर वा इन्डक्सन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई Midea को साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरुप प्रदान गरिनेछ ।
साथै, पुराना भएका सामग्री फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले उक्त योजनाको क्रममा एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ ।
यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रूपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो बिक्रेता सञ्जालमार्फत सेवा र अनुभव प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया