Logo

प्रमुख समाचार

अनमोल केसीले फिल्म ‘रावायण’ को प्रोड्युसर टिमलाई ठगेको नायिका पूजा शर्माको आरोप



काठमाडौं । नायिका पूजा शर्माले अभिनेता अनमोल केसीलाई फिल्म ‘रावायण’को प्रोड्युसर टिमलाई ठगेको र धोका दिएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका शर्माले यस्तो बताएकी हुन् । उनले फिल्मका प्रोड्युसरहरुलाई बचाउनुपर्ने राय प्रकट गरेकी छिन् । नाम किटान नगरी नायिका शर्माले लेखेकी छिन्, ‘अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन…. अझै प्रमाण सहित निर्माण पक्ष ठगीएको/धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ। कुराले मात्रै होइन व्यवहारले प्रोड्युसर बचाऔं ।कोही पनि अन्यायमा नपरोस ।…..’

अनमोल केसी गएको शुक्रबार आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका थिए। रावायण फिल्मका प्रोड्युसरले केसीले पहिला फिल्म खेल्ने भनेर दश लाख रुपैयाँ लगेको तर फिल्म सुटिङ गर्ने बेलामा सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । केसी दुई दिन प्रहर निगरानीमा बसेपछि छुटेका थिए । उनले प्रोड्युसरलाई दश लाख रुपैयाँ फिर्ताका लागि चेक काटिसेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:३५   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।