Logo

खेलकुद

देव खनालको कप्तानीमा यू–१९ प्रिमियर कप खेल्ने टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यू–१९ प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ । अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले युवा ब्याटर देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

१६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपालले गत फागुनमा आईसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । उक्त टोलीबाट कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

नेपालको टोली  

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ४ : ०५ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।