विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री भएका कार्कीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार कार्की कोशीको मुख्यमन्त्रीमा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको एमाले कोशीका संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
नियुक्ति भएको ३० दिनभित्रमा प्रदेशसभाबाट विश्वास सिद्ध गर्नैपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत नपाए उनी स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया